काठमाडौं । रुपन्देहीको तिलोत्तमा शान्तिचोकमा रहेको डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा संस्था लिमिटेडका व्यवस्थापक बसन्त पराजुली प्रहरी नियन्त्रणमा रहेका छन् ।
सहकारीको करिब ३० करोड हिनामिना गरेर फरार रहेका सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव राम बहादुर क्षेत्रीसँगै पराजुलीलाई समेत उजुरीको आधारमा पक्राउ पुर्जी जारी गरिएको थियो ।
सहकारीका करिब दुई हजार पाँच सय बचतकर्ताहरुको करिब ३० करोड रकम हिनामिना गरेको आरोपमा बचतकर्ताहरुले सहकारी घेराउ गर्नुको साथै प्रहरीमा उजुरी दिएका थिए ।
पीडितहरुले सहकारीको रकम पदाधिकारीको निजी खातामा जम्मा गरेको, व्यक्तिगत तजबिजमा ऋण लगानी गरेको, फेक ऋणी देखाइएको आरोप लगाउँदै सहकारी घेराउ गरेका थिए भने सहकारी छानबिन समितिले सहकारीको सफ्टपेयरमा १३ हजारपटक अंक र अक्षर डिलिट गरिएको बताएको छ ।
सहकारीका अध्यक्ष तिवारीले नियमविपरीत १० करोडभन्दा बढी व्यक्तिगतरुपमा खर्च गरेको पीडितहरुको आरोप छ । नियमविपरीत कारोबार, ३० करोडभन्दा बढी अपचलन, १२ करोड हिनामिना भएको सहकारी छानबिन समितिको प्रारम्भिक छानबिनमा खुलेको थियो ।
सहकारीको रकम पदाधिकारीको निजी खातामा जम्मा गरेको, व्यक्तिगत तजबिजमा ऋण लगानी गरेको, फेक ऋणी देखाइएको सहकारीको सफ्टवेयरमा १३ हजारपटक अंक र अक्षर डिलिट गरिएको सहकारी छानबिन समितिले बताएको छ ।