काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आठ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको यही भदौ १३ गते बसेको सञ्चालक समिति बैंठकले गत आर्थिक वर्ष २०८१/८२को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको आठ प्रतिशत लाभांश (करसहित) वितरण गर्र्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि बैंकले आफ्ना सेयरधनीलाई चार प्रतिशत नगद र चार प्रतिशत बोनस सेयर गरी जम्मा आठ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने निणर्य गरेको हो ।
बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।