काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्रान्डी हस्पिटलबीच एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्झौताअनुसार इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले ग्रान्डी हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै, वेलनेस प्याकेजमा विषेश सहुलियत दिने विषयमा पनि सम्झौता भएको छ ।
कम्पनीका अनुसार यो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई छुट सुविधा लिन सक्नेछन् । यसबाहेक अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधाको लाभ लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।