काठमाडौं । नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध भएका छन् । संघको शनिबार सम्पन्न २४औँ साधारणसभाले मैनालीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्षमा केशवप्रसाद मैनाली, महासचिवमा गणेशप्रसाद तिमिल्सिना, सचिवमा अशोक कुमार कँडेल, कोषाध्यक्षमा दिनेशमणि रिसाल र सहकोषाध्यक्षमा रमेश प्रजापती निर्वाचित भएका छन् । संघको कार्यसमिति सदस्यमा विनोद अधिकारी, भोजप्रसाद फुयाल (उमेश), दिपक घिमिरे, कपिल रेग्मी, नीलकण्ठ ढकाल, रामप्रसाद ढकाल, फणिन्द्र खड्का (विकास), रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रवीणकुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजू निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष रामहरि घिमिरे पदेन सदस्य रहनेछन् । प्रतिनिधिसभाका सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा तथा निवर्तमान अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
नवनिर्वाचित अध्यक्ष मैनालीले आयात भएका र नेपालमा उत्पादन भएका उपभोग्य सामानहरु वितरकमार्फत बजारमा जाने र आर्थिक क्षेत्र चलायमान बनाउनेमा वितरकहरुको योगदान महत्वपूर्ण रहेको मैनालीले बताए ।