काठमाडौं । शेयर बजार परिसुचक नेप्से घटेर राताम्मै देखिएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से परिसुचक ३१ दशमलव १७ अंकले ओरालो लागेर २७ सय ४९ दशमलव ८३ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव शुन्य तीन अंकले ओरालो लागेर चार सय ७२ दशमलव ६४ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २१ वटा कम्पनीहरुको ९७ हजार एक सय ७४ पटकको कारोबारमा एक करोड ४८ लाख पाँच हजार पाँच सय ६९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम छ अर्ब छ करोड १८ लाख २२ हजार तीन सय ७९ रुपैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो देखिएको छ ।