चीन, तियान्जिन – चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार दिउँसो तियान्जिनमा औपचारिक भेट भएको छ। भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्ध “गहिरो र विशेष” रहेको बताएका छन्। मोदीले भने, “तियान्जिनमा नेपालका प्रधानमन्त्री ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो।” यो भेटले दुवै देशबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने र आगामी साझेदारीका अवसरहरू खोज्ने संकेत दिएको छ।