काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको विश्वास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सात जना सञ्चालकहरु फरार भएका छन् ।
संस्थामा ग्राहकहरुले जम्मा गरेको करिब पाँच करोड रुपैयाँ आपसमा भाग लगाएर बाँडेर लिएका सहकारीका सञ्चालक समितिका सदस्यहरु पदाधिकारीहरुसहित भागेका हुन् ।
सहकारीका अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने तथा सदस्यहरुमा अनिता थापा र रोहित खड्काले बचतकर्ताहरुको रकम आफैँ बाँडफाँट गरेर फरार भएको बुझिएको छ ।
एक समयमा हुण्डीको कारोबार गर्ने गरेको आरोप लाग्ने विश्वास सहकारीका सञ्चालक समितिका सात जनाले बचतकर्ताको करिब पाँच करोड बाँडफाँट गरी लिएर र फरार भएपछि बचतकर्ताहरुले प्रहरीमा जाहेरी दिएका थिए ।