काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार दुवैमा प्रतिलिटर चार रुपैयाँको दरले मूल्य घटाइएको हो ।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा २१ पैसा, डिजेलमा तीन रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा एक रुपैयाँ ४८ पैसाले मूल्य घटाएर सूची पठाएको थियो । सोअनुसार निगम सञ्चालक समितिले आइतबार राति १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टितेलको मूल्य घटाएको हो । यसबाहेक हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर सात अमेरिकी डलर घटाइएको छ ।
त्यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेकइभन पोइन्ट्स बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । साथै, पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्यमा भने कुनै फेरबदल गरिएको छैन ।