काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले शनिबार योग्यता भएका इच्छुक नेपालीलाई प्राधिकरणको अध्यक्ष पदका लागि सात दिनभित्र आवेदन दिन सूचना निकालेको हो ।
सूचनामा भनिएको छ, ‘खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले देहायको योग्यता भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौँमा गोप्य खामबन्दी आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
यही भदौ २ गते बसेको मन्त्रिपरिपरिषद् बैठकले प्राधिकरणका अध्यक्ष शरद ओझालाई खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेपछि रिक्त पूर्ति गर्न लागिएको हो ।
यसपछि भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ। जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा खोमराज खरेल छन् ।सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले शनिबार योग्यता भएका इच्छुक नेपालीलाई प्राधिकरणको अध्यक्ष पदका लागि सात दिनभित्र आवेदन दिन सूचना निकालेको हो ।
सूचनामा भनिएको छ, ‘खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले देहायको योग्यता भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौँमा गोप्य खामबन्दी आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
यही भदौ २ गते बसेको मन्त्रिपरिपरिषद् बैठकले प्राधिकरणका अध्यक्ष शरद ओझालाई खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेपछि रिक्त पूर्ति गर्न लागिएको हो ।
यसपछि भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ। जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा खोमराज खरेल छन् ।