काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष २०८१÷८२को लाभांश वितरणको घोषणा गरेका छन् । कम्पनीका अनुसार नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल ब्यालेन्स्ड ३ ले गत वर्षको लागि समान १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले करसमेत उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार दुवै योजनाले लाभांश प्रयोजनका लागि भदौ २२ गते एक दिन बुक क्लोज गर्ने तयारी योजना व्यवस्थापकले गरेको छ । बुक क्लोजको आधारमा भदौ १९ गतेसम्म कायम एकाइधनीहरूले मात्र यी योजनाको लाभांश प्राप्त गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।