काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासब्याकको व्यवस्था गरेको छ ।
उक्त व्यवस्थाअन्तर्गत ग्राहकहरूले सानिमा भिसा डेबिट/क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम चार सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना २०८२ भदौ १५ देखि २०८२ फाल्गुन १४ गतेसम्मका लागि लागू हुनेछ ।
बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट ‘डब्लूडब्लूडब्लू डटकम सानिमाबैंक डटकम स्लाइस डिजिटल बैंकिङ अफरस’मा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा एक सय ३४ वटा शाखा कार्यालय तथा एक सय २७ वटा एटीएम सञ्चालनमा छन् ।