काठमाडौं । लक्ष्मी इलेक्ट्रो टेक प्रालिले व्हर्लपुल ‘पाटनर्स मिट २०२५’ आयोजना गरेको छ । कार्यक्रममा नेपालभरिबाट दुई सयभन्दा बढी डिलरहरू सहभागी थिए ।
कार्यक्रम लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र भारतको व्हर्लपुल लिमिटेडका निर्देशक हिमांशु जैनले संयुक्तरूपमा सञ्चालन गरेका थिए । कार्यक्रमका क्रममा व्हलपुलले आफ्नो नवीनतम सिंगल डोर तथा डबल डोर फ्रिज, साथै वासिङ मेसिनहरूको प्रस्तुति गरेको थियो । लक्ष्मी इलेक्ट्रोटेक नेपालमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय घरेलु उपकरण ब्रान्डहरूको प्रमुख विक्रेता हो ।
कार्यक्रममा पुरस्कार वितरण, नेटवर्किङ डिनर र व्यावसायिक सहयोगलाई अझ सुदृढ पार्ने प्रयाससहित सम्पन्न भएको थियो । यस अवसरले नेपालभर ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्ने नयाँ प्रतिबद्धतालाई झल्काएको छ ।