काठमाडौं । नुडल्स निर्यातकर्ता एसियन थाई फुड्सले नेपालले ‘डेभिल्स हट चिकेन नुडल्स’ सार्वजनिक गरेको छ । कम्पनीले यो नेपालको सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स भएको दाबी पनि गरेको छ ।
मसलाको राम्रो सन्तुलन र स्वाद खोज्ने जो कोहीलाई लक्षित गरी तयार गरिएको यो नुडल्स सोमबारदेखि देशैभर उपलब्ध हुने जनाइएको छ । ‘नेपालकै सबैभन्दा मिठो स्वाद छ ।’ भन्ने समृद्ध ट्यागलाइनसहित, डेभिल्स हट चिकेन नुडल्समा सन्तुलित मसालेदार स्वाद र स्वादिलो मिश्रण रहेको छ । एसियन थाई फुड्सका निर्देशक आशीष जाजुले यो साधारण तत्कालीन नुडल्स मात्र नभएर साहसीहरूका लागि स्वादयुक्त चुनौती पनि भएको बताए ।
प्रतिप्याकेट ५० रुपैयाँमा उपलब्ध डेभिल्स हट चिकेन नुडल्सको पाँच प्याकेटको फेमिली प्याक दुई सय ५० रुपैयाँमा पाइनेछ । यसले प्रयोगकर्तालाई थप खुसी दिने उद्देश्यले प्रत्येक प्याकमा चकलेट वेफर पनि रहेको छ । भाटभटेनीलगायत ठूला खुद्रा पसलहरूमा र दराजजस्ता लोकप्रिय अनलाइन प्लेटफर्महरूमार्फत नेपालका सबै ठूला सहरहरूमा सजिलै उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम गुणस्तर, प्रामाणिकता र नवप्रवर्तन कायम राख्न प्रतिबद्धता जनाएको छ ।