मुग्लिन (चितवन) । चितवनमा नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको बस र बिपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ग १ ख ४१४० नम्बरको बस र ग १२ प ६९९२ नम्बरको मोटरसाइकल सोमबार बिहान ९ः४० बजे चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्याइएकामा डाक्टरले मृत घोषणा गरेको जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।
अहिले प्रहरीले दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका-११ का मनबहादुर बिकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।