काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय का.म.न.पा. ११, थापाथलीस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । सो केन्द्रीय कार्यालय भवनको समुद्घाटन संस्थाका सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारी गरेको फाइनान्सले जानकारी दिएको छ ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिनाले ग्राहकको साथ, विश्वास र मायाले निरन्तर अघि बढिरहेको फाइनान्सले आगामी दिनमा अझ परिस्कृत र उत्कृष्ट सेवा दिने बताए । नयाँ बानेश्वरस्थित साविकको शाखा कार्यालयलाई यथावत राख्दै हाललाई संस्थाको कर्पोरेट अफिस स्थानान्तरण भएको हो ।
हाल सम्म करिव २३ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरि करिव १९ अर्ब कर्जा परिचालन गरेको फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आईरहेको छ । फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराउदै आईरहेको छ । हाल सम्म एक लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाई सेवा पुर्याउदै आईरहेको मन्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको दावी पनि फाइनान्सले गरेको छ ।