काठमाडौं । नेपालमा हुन्डाई गाडीहरूको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बर २०२५मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाउने भएको छ । नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनियताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ । क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट प्रस्तुतमार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको कम्पनीको दाबी छ । वर्षौँदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन् ।
क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरणमैत्री यात्रालाई एक साथ अगाडि बढाएको छ । अहिलेसम्मको यात्रामा, क्रेटाले नेपालका सडकहरूमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ ।