काठमाडौं । यामाहा नेपालले गोरखामा नयाँ ३एस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) चन्दा सप्लायर्सको सुरुवात गरेको छ ।
नयाँ सोरुमको उद्घाटन गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले गरेका थिए । कार्यक्रममा एमए डब्ल्युराइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालको पनि सहभागिता थियो ।
अत्याधुनिक पूर्वाधार र समर्पित टोलीसहित चन्दा सप्लायर्सले यामाहाको विश्वासिलो ३एस अनुभव एउटै छानामुनि उपलब्ध गराएको छ । यसमार्फत ग्राहकहरूले सम्पूर्ण बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा तथा जेन्युइन स्पेयर पाट्र्स एकै ठाउँमा पाउने छन् ।
यामाहा नेपालले गोरखामा आफ्ना लोकप्रिय एफजेड र एमटी शृङ्खलाका नयाँ भेरियन्ट पनि सार्वजनिक गरेको छ । यी नयाँ मोडलहरूले ताजा स्टाइल र नेपाली राइडरहरूलाई लक्षित एडभान्स्ड फिचरहरुसहित यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएका छन् । अब गोरखा तथा आसपासका क्षेत्रका ग्राहकहरूले यामाहाका सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ सर्भिस र स्पेयर पाट्र्स सहजै प्राप्त गर्न सक्ने छन् ।