काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन १२ दशमलव शुन्य तीन अंकले खुम्चिएको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि १९ दशमलव ८९ अंकले घटेर २७ सय ४१ दशमलव ९७ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६९ अंकले घटेर चार सय ७३ दशमलव ६८ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको ८९ हजार सात सय ७५ पटकको कारोबारमा एक करोड पाँच लाख ३५ हजार आठ सय ७४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब ४३ करोड ८२ लाख ५१ हजार आठ सय १२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार पुरै रातो देखिएको छ ।