काठमाडौं । न्याय परिषद्ले ६ जना नयाँ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्को मंगलबारको बैठकले उक्त निर्णय गरेको सूचना अधिकारी सुमन पाण्डेले जानकारी दिएका छन्। सिफारिस हुने न्याय सेवाका कर्मचारीहरू यसप्रकार छन् । गोकुलबहादुर निरौला – काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालय, न्यायाधिवक्ता,अरुणकुमार कोइराला – प्रशासकीय अदालत, उपरजिस्ट्रार,कुलप्रसाद दाहाल – रोल्पा जिल्ला अदालत, स्रेस्तेदार सूर्यप्रसाद भण्डारी – सर्वोच्च अदालत, इजलास अधिकृत अनुपमा पन्त – सर्वोच्च अदालत, उपरजिस्ट्रार
विश्वदीप वेस्रा – कानुन मन्त्रालय,
उपसचिव हाल जिल्ला अदालतमा २७ न्यायाधीशका पद रिक्त छन्। तीमध्ये २१ पद न्याय सेवा आयोगमार्फत खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन्।
