काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारी झण्डै चार करोड रुपैयाँ बरामद गरेको छ । गोरखाका विनोद श्रेष्ठको काठमाडौं महानगरपायिलका २६ मा रहेको घरबाट उक्त रकम प्रहरीले बरामद गरेको हो । ठूलो रकम नगदै बरामदपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले श्रेष्ठलाई समेत पक्रउ गरेको छ ।
प्रहरीका अनुसार श्रेष्ठ मिटरब्याजी रहेको खुलेको छ । उनले सुनका गहना धितो लिएर मिटरब्याजमा रकम दिने गरेका थिए । रकमसँगै सुन समेत बरामद भएको प्रहरीले जनाएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको थियो ।