काठमाडौं । ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशको सबैभन्दा ठूलो अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५ सुरु गरेको छ । कम्पनीको अनुसार यो मेला अक्टोबरसम्म चल्नेछ । यो डिजिटल–फस्र्ट महोत्सवमा आकर्षक ट्राभल अफरहरू, साप्ताहिक फ्ल्यास सेल र रोमाञ्चक गिभअवेहरू समावेश छन्, जसमा एक भाग्यशाली विजेताले बैंककको राउन्डट्रिप फ्लाइट जित्न सक्नेछ ।
‘ट्राभल मेला २०२५ मार्फत हाम्रो उद्देश्य ट्राभल सबैका लागि सजिलो, रोमाञ्चक र फलदायी बनाउनु हो,’ ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईँले भने, ‘विशेष छुटदेखि बैंकक गेटअवेजस्ता उपहारसम्म, हामी नेपालभरका यात्रुहरूलाई अझ बढी अन्वेषण गर्न, बचत गर्न र ट्राभलको आनन्द लिन थप कारण दिइरहेका छौँ ।’
ट्राभल मेला २०२५ भाग्यशाली विजेताहरूका लागि रोमाञ्चक पुरस्कारहरूले भरिएको छ । सहभागीहरूले बैंककको राउन्डट्रिप फ्लाइट, हवाई बलुन राइड र हाइग्राउन्ड एड्भेन्चर्सका रोमाञ्चक अनुभवहरू जस्तै जिपलाइन, बञ्जी, स्काई स्क्रिमर र एटीभी राइड जित्न सक्छन् । अन्य पुरस्कारहरूमा बुद्ध एयर माउन्टेन फ्लाइट, पोखरा फ्लाइट, एक रात÷दुई दिनको लक्जरी बसाई त्रिशुली भिल्लामा र स्काइवाक, प्याडल नेपाल स्ट्यान्ड अप प्याड्लिङ, फन ल्यान्ड आइस स्केटिङ पासजस्ता अरू धेरै एड्भेन्चर गतिविधिहरू जित्न सक्नेछन् ।
यात्रुहरूले महोत्सव अवधिभर आकर्षक अफरहरूको फाइदा लिन सक्छन् । विभिन्न गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, बञ्जी, राफ्टिङ, क्यानोइङ, एटीभी (क्वाड बाइक) र अन्य धेरैमा छ हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सकिन्छ ।
साथै, विशेष फायर सेल अवधिमा बस र उडानमा तीन सय रुपैयाँसम्म छुट पाउन सकिन्छ । ट्रिप टर्बो प्रयोगकर्ताहरूले आफ्नो टीटी कोइन, ट्रिप टर्बोका लोयल्टी पोइन्टस, प्रयोग गरेर विशेष छुट र फ्रिबीहरू पाउन सक्छन् । यसमा एक सय रुपैयाँदेखि सात सय रुपैयाँसम्म छुट पाउन सकिने छ । प्रयोगकर्ताहरूले हवाई बलुन राइड, प्याराग्लाइडिङ, एटीभी राइड, त्रिशुली भिल्ला बसाइ र अन्यमा एक हजार तीन सय ५० रुपैयाँसम्म छुट पाउन पनि सक्छन् । यो अवधिभर ट्रिप टर्बो प्लेटफर्ममार्फत कुनै पनि उडान, बस वा गतिविधि बुक गर्ने सबै ग्राहकहरू स्वचालितरूपमा गिभअवेमा सहभागी हुनेछन् ।