काठमाडौं । कजारिया टायल्सले ‘कजारियासँगै गृहप्रवेश, घुमौँ देशविदेश’ नामक उपभोक्ता योजना घोषणा गरेको छ । यस चाडपर्वको अवसरमा ग्राहकहरूले दैनिक लक्की ड्रमार्फत आकर्षक बोट्स स्मार्टवाच जित्ने मौका पाउनेछन् ।
साथै, बम्पर उपहारस्वरूप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज पनि जित्न सकिनेछ । कजारिया टायल्सले घर सजावट तथा पुनर्निर्माणलाई अझ रोमाञ्चक र अर्थपूर्ण बनाउन यो उपभोक्ता योजना ल्याएको हो । ग्राहकले आधिकारिक डिलरबाट कम्तीमा एक हजार वर्गफिट कजारिया टायल्स खरिद गरेपछि यसमा सहभागी हुन सक्नेछन् । एक हजार वर्गफिटभन्दा बढी खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रमार्फत आकर्षक बोट्स स्मार्टवाच जित्न योग्य हुनेछन् । साथै, भाग्यमानी केही जोडीहरूले बम्पर उपहारस्वरुप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज भ्रमणको अवसर पाउनेछन् । यो योजना कात्तिक १५ सम्म लागू हुनेछ । यस अवधिमा गरिएका सबै खरिद यस योजनामा सहभागी हुने आधार हुनेछन् ।