काठमाडौं । नेपालभरि प्रिमियम इलेक्ट्रोनिक्स उत्पादनहरूका लागि सामसङ प्लाजा पोखरास्थित नयाँ सडकमा सञ्चालनमा ल्याइएको छ ।
कम्पनीले पोखरामा एक कार्यक्रमको आयोजना गरी नयाँ सोरुमको उद्घाटन गरेको हो । कार्यक्रममा गोल्छा ग्रुपकी डाइरेक्टर सीमा गोल्छा र नागार्जुन ट्रेडिङ हाउसका प्रोप्राइटर जनपुकार मुनान्कमीले सोरुमको संयुक्तरुपमा उद्घाटन गरेका थिए । यो नयाँ आउटलेट पहिले महेन्द्रपुलस्थित सामसङ प्लाजाबाट सरेको हो । यो सोरुमले गर्दा ग्राहकहरूलाई अझ सजिलो पहुँच र उत्कृष्ट खरिद अनुभव प्रदान गर्नेछ ।
नयाँ सामसङ प्लाजामा स्मार्टफोन, टेलिभिजन, होम अप्लायन्सेसदेखि अन्य अत्याधुनिक सामसङ इलेक्ट्रोनिक्स उत्पादनहरू उपलब्ध हुनेछन् । यो कदमले सामसङको विश्वस्तरीय प्रविधि र उत्कृष्ट सेवा नेपालका हरेक ग्राहकको नजिक पु¥याउने प्रतिबद्धतालाई अझ बलियो बनाएको कम्पनीले जनाएको छ । ग्राहकहरूले नयाँ सामसङ प्लाजा भ्रमण गर्दा आकर्षक अफर, आधुनिक सपिङ वातावरण र प्रशिक्षित स्टाफको सहयोग पाउनेछन् ।