काठमाडौं । बेंकार्डोले बुटवलस्थित क्लब डेनोभोमा ‘बेंकार्डो साथ–सहयोग’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा डीकेजीएम इन्टरप्राइजेजका प्रालिका निर्देशक किरण ज्ञवालीले बेनकार्डो र डीकेजीएमबीचको एक दशक लामो सफल सहकार्यप्रति आभार व्यक्त गरे ।
‘हामीले बिताएको यो दश वर्ष केवल व्यावसायिक यात्रा मात्र नभई विश्वास, सहयोग र साझेदारीको दशक हो’, उनले भने । सोही अवसरमा कम्पनीका मार्केटिङ प्रमुख नितिक शर्माले बेनकार्डो होम सोलुसन भर्टिकलअन्तर्गतका नयाँ उत्पादनहरू किचेन चिम्नी, किचेन कुकटप र इलेक्ट्रिक गिजर सार्वजनिक गरेका थिए । उनले यी उत्पादनहरूको आधुनिक प्रविधि, आकर्षक डिजाइन र उपयुक्त मूल्यबारे प्रष्ट पार्दै भने, ‘बेंकार्डोको लक्ष्य नेपालमा निरन्तररूपमा किफायती बाथवेयर र किचेनवेयर उपलब्ध गराउनु हो ।’ बेंकार्डो बाथवेयर र बेंकार्डो होम सोलुसन मध्यपूर्व, दक्षिण–पूर्व एसिया र दक्षिण एसियामा बलियोरूपमा क्रियाशील बहुराष्ट्रिय ब्रान्डको रूपमा स्थापित कम्पनीहरु हुन् ।
नेपालमा विगत एक दशकदेखि उपभोक्तालाई सेवा दिँदै आएको बेंकार्डो सबैभन्दा रुचाइने ब्रान्डमध्ये एक बन्न सफल भएको कम्पनीको दाबी छ । ६० भन्दा बढी च्यानल पार्टनरहरूको उपस्थिति रहेको सो कार्यक्रममा बेंकार्डो र डीकेजीएमका सम्पूर्ण कर्मचारी उपस्थित थिए ।