काठमाडौं । प्रभु बैंले अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय संस्था युरोमनी लिमिटेडले सिंगापुरमा बैंकलाई युरोमनी एक्सिलेन्स अवार्ड दिएको हो । यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ बाट सम्मान पाएको थियो । बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ,डिजिटल माध्यम,बीमा र वित्तीय परामर्श सेवाजस्ता अत्याधुनिक सेवाबाट एसएमई बैंकिङमा उल्लेख प्रगति गरेको छ । एक्सिलेन्स अवार्ड बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित बैंकका अन्य थप ३ महिला अधिकृतहरुले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका थिए ।