काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वार्णिम वाग्लेले आफ्नो ‘डिप फेक’ अडियो बनाएर कुप्रचार गरेको भन्दै साईबर ब्युरोमा निवेदन दर्ता गराएका छन् । नेपाल भारत सम्बन्ध सीमा समस्यामा वाग्लेको अभिव्यक्ति भन्दै बिभिन्न भिडीयो र टेक्स्ट सामग्री सामाजिक सञ्जालमा राखिएका थिए । उक्त सामाग्रीमा वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको जस्तो बनाइएको थियो । उक्त अडीयोलाई उपसभापति वाग्लेले फेक भनि कडा आपत्ति जनाएका छन् । यस्ता सामाग्री पोष्टाउनेलाई र अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउन उनले माग गरेका छन् । बाग्लेले निवेदन बुधवार दिउँसो भोटाहिटीस्थित ब्युरो पुगेर निवेदन दर्ता गराएका हुन ।