काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले सम्पत्ति शुद्धीकरण (एएमएल) तथा वित्तीय क्षेत्रमा आतङ्कवादी लगानी (सीएफटी)का साथै संस्थागत सुशासनसम्बन्धी विशेष तालिम कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, तथा उपनिर्देशक पदमप्रसाद सोडारीले तालिम प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्नसक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा नारायणी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका शाखा प्रमुखलगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाई तथा कम्पनिको विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो । हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका एक सय ४३ वटा शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।