काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इन्डियन च्याम्बर अफ कमर्सद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गरिने वाणिज्य बैंकतर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएको छ । बैंकले बेस्ट पर्फमेन्स अन रिक्स म्यानेजमेन्ट, बेस्ट बैंक एन्ड बेस्ट पर्फमेन्स अन एसेट क्वालिटी विधामा उक्त सम्मान प्राप्त गरेको हो ।
भारतको नयाँ दिल्लीमा इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, रामकुमार तिवारीले उक्त पुरस्कार ग्रहण गरेका थिए । यी प्रतिष्ठित पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापनका अभ्यासहरु, सञ्चालन उत्कृष्टता तथा बैंकको सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई जोड दिन्छ ।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकको एक सय एक शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, सात प्रादेशिक कार्यालय, एक सय २५ वटा एटीएम र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।