काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ । बैंकका अनुसार यो साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् जसले बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुको बसाइ अझ किफायती र सहज हुनेछ ।
साथै, बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १० प्रतिशतन छुट पनि प्राप्त गर्न सक्नेछन् । बैंकले हाल देशभर दुई सय दुईवटा शाखाहरु, एक सय ८७ वटा एटीएम र नौवटा एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।