काठमाडौँ, सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले नेपालमा दर्ता तथा सूचीकरण प्रक्रिया अघि बढाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ। सञ्चार मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित एक कर्मचारी अन्सारीले मन्त्री गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरी सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी मागेको पाइएको छ । मन्त्रालयले तत्कालै आवश्यक सबै विवरण इमेलमार्फत पठाएको छ ।