काठमाडौं । सागर डिस्टिलरी प्रालिले साधारण सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले कम्पनीले यही भदौ २५ गतेबाट बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमार्फत आम सर्वसाधारणको लागि साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँमध्येबाट २० प्रतिशतका दरले हुन आउने एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको थियो । सोमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरूको लागि सेयरको बिक्री आह्वान गरी बाँटफाँट समेत गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि बाँकी रहेको सेयरको बिक्री आह्वान गरेको हो । कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही भदौ २९ गते र ढिलोमा असोज ८ गते बन्द हुनेछ ।