काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०ले लाभांश वितरणको घोषणा गरेको छ । योजना व्यवस्थापक हिमालयन क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२को नाफाबाट लाभांश वितरण गर्नै घोषणा गरेको हो । घोषणाअनुसार एकाइधनीहरुले १६ दशमलव १६ प्रतिशत नगद लाभांश (करसहित) पाउनेछन् ।