काठमाडौं । संयुक्त ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्नको लागि सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस)लाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र संयुक्त ऊर्जा लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गोपालप्रसाद निउरेले हस्ताक्षर गरेका हुन् ।
संयुक्त ऊर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन सुरु भइसकेको छ ।