काठमाडौं, सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल र एप्सहरू बन्द गर्ने निर्णय गरेसँगै, ‘हाम्रो पात्रो’ अब सूचीकृत एप्सको सूचीमा आधिकारिक रूपमा समावेश भएको छ।शुक्रबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा ‘हाम्रो पात्रो’ले आफ्नो एप्स सूचीकृत गराएको हो। मन्त्रालय स्रोतका अनुसार अब ‘हाम्रो पात्रो’लाई सरकारले अनुमोदित सामाजिक सञ्जाल र एप्सको सूचीमा राखिएको छ।
यसअघि, सरकारले बिहीबार विभिन्न २६ वटा सामाजिक सञ्जालहरू सूचीकृत नभएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो। निर्णयपछि केही इन्टरनेट सेवा प्रदायकहरूले फेसबुकसहितका एप्समा हिजोदेखि नै पहुँच रोक लगाएका थिए। सरकारको यो कदमबारे प्रयोगकर्ताबीच मिश्रित प्रतिक्रिया आएको छ। धेरैले सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णयको विरोध गरिरहेका छन् भने केहीले यसलाई सकारात्मक कदम भन्दै स्वागत पनि गरेका छन्।