काठमाडौं, संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा आज निर्विरोध रूपमा निर्वाचित भएका छन्।समितिको शुक्रबार साँझ बसेको बैठकमा सभापतिमा खतिवडालाई चयन गर्न नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरे। नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले पनि यस प्रस्तावलाई समर्थन जनाए। लगत्तै समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभापतिमा रामहरी खतिवडा निर्विरोध चयन भएको घोषणा गरे। रामहरी खतिवडाले निजामती विधेयकमा भएको कुलिङ पिरियड छेडखानीमा नैतिक जिम्मेवार ठहरिएपछि राज्य व्यवस्था समितिबाट राजीनामा दिएका थिए। त्यसपछि उनले संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए।