काठमाडौं । तत्कालीन एचएन्डबी डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा संलग्न दुई फरार प्रतिवादी कारागार चलान भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फरार प्रतिवादीहरु सुरेन्द्रकुमार प्रधान र अविन्द्र श्रेष्ठलाई पक्राउ गरी अदालतको आदेशअनुसार कारागार चलान गरेको हो ।
दुवै प्रतिवादीहरुलाई डिल्लीबजार कारागार चलान भएका छन् । उनीहरुविरुद्ध सर्वोच्च अदालतले २०८१ जेठ २८ गते कैद र जरिवाना हुने फैसला गरेको थियो । फैसलाअनुसार सुरेन्द्र कुमारको हकमा नौ करोड २१ लाख ५० हजार रुपैयाँ बिगो र जरिवाना तथा सात वर्षको कैद सजाय तोकिएको थियो । यसैगरी, अविन्द्रको हकमा पनि दुई करोड ५० लाख रुपैयाँको बिगो तथा जरिवाना र तीन वर्ष कैदको फैसला भएको थियो ।