काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा सञ्चालन हुने म्युचुअल फन्ड ‘एचएलआई लार्ज क्याप फन्ड’मा लगानीको लागि आवेदन खुला भएको छ । आइतबारबाट बिक्रीको लागि खुला भएको कुल ४० करोड एकाइमध्ये २० करोड एकाइ विभिन्न संघसंस्था तथा सर्वसाधारणका लागि निष्काशन गरिएको योजना व्यवस्थापक हिमालयन इन्भेस्टमेन्ट बैंकरले जनाएको छ ।
कम्पनीका अनुसार बाँकी २० करोड कित्ता कोष प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सलाई छुट्याइएको छ । सर्वसाधारणले न्यूनतम एक सय तथा अधिकतम चार करोड एकाइसम्मका लागि आवेदन दिन सक्नेछन् । छिटोमा भदौ १८ गतेसम्म र सो अवधिमा सम्पूर्ण एकाइ बिक्री नभएमा २९ गतेसम्म आवेदन खुल्नेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।