काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरूले धनगढीको स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता भएपछि ग्राहकहरूले यस्तो छुट पाउने भएका हुन् ।
सम्झौताअनुसार उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । बैंकका ग्राहकहरूले उक्त हस्पिटलमा जनरल बेड, हस्पिटल भर्ना, क्याविन, आईसीयू बेड, भेन्टिलेटर, जनरल सर्जरी, अर्थोपेडिक, गायनोकोलोजी, अपरेसन, प्याथलोजी टेस्ट, भिडियो एक्सरे, ईसीजी, इकोजस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
यो सुविधाको उपयोग गर्न ग्राहकहरूले यो बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।