काठमाडौं । स्किल सेवाले आफ्नै स्किल सेवा एप सञ्चालनमा ल्याएको छ । स्किल सेवा प्रालिले आफ्नै आधिकारिक मोबाइल एप ‘स्किल सेवा’ सार्वजनिक गरेको हो ।
यस एपमार्फत ग्राहक तथा सरोकारवालाबीच आवश्यक सम्पर्क र सूचना आदान–प्रदान सहज, व्यवस्थित र अविच्छिन्नरूपमा हुने सुनिश्चित गरिएको कम्पनीले जनाएको छ । यस एपमा भाडामा लगाइएका घर वा कोठाका सम्पूर्ण विवरण डिजिटलरूपमा सुरक्षित राख्ने सुविधा भएको घरबेटी डायरी, कानुनी मान्यतासहित भाडा सम्झौता तयार गर्ने सुविधा भएको रेन्ट एग्रिमेन्ट, निर्माण सामग्री, मर्मत तथा घर निर्माणको बजार मूल्य नियमित अपडेट हुने मार्केट रेट अपडेट, होम लोन क्याल्कुलेटर, रिल्स फिचरलगायतका सुविधा रहेका छन् ।