काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र न ३ को आगामी उपनिर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारलाई फाइदा पुर्याउने नीति लिएपछि राप्रपाको केन्द्रमा कलह सुरु भएको छ ।
राप्रपाका नेता दीपक बोहोराको निधनपछि खाली रहेको रुपन्देहीको उपनिर्वाचन अगामी कात्तिक १७ गते हुने भएको छ र सो उपनिर्वाचनमा स्वर्गीय बोहोराका दुई छोरा गौरव बोहोरा, उज्वल बोहोरा, सागर प्रताप राणा, बसन्त विक्रम शाहीलगायतले उम्मेदवार बन्ने इच्छा देखाएका छन् । पार्टीले उम्मेदवार तोक्नुभन्दा पनि रास्वपाको जस्तै प्राइमरी इलेक्सन गर्ने इच्छा अध्यक्ष लिङ्देनले देखाएपछि बढेको राप्रपाभित्रको असन्तृष्टि पार्टी विभाजनको नजिक पुगेको समाचार स्रोतको दाबी छ ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध बिग्रिएपछि आगामी आम निर्वाचनमा झापामा एमालेसँग चुनावी तालमेल नहुने सम्भावना बढ्दै गएपछि अध्यक्ष लिङ्देनले रुपन्देहीको उपनिर्वाचनको मेसो मिलाएर रास्वपासँग अघोषित गठबन्धन गर्न लागेको आरोप लागेको हो । अध्यक्ष लिङ्देन पार्टीभित्र शाह, राणा, क्षेत्री, ठकुरीहरुलाई बाइपास गरेर हिँड्न लागेको आरोप पनि लगाउन थालिएको छ ।
एकेडेमीमा परेको पशुपति शमशेरको चौरासी कार्यक्रममा सोभियत उप्रेदीको सहयोगको सदुपयोग गरेको गत शुक्रबार कमल थापाले सम्बद्र्धन प्रकाशनको नाममा लोकेन्द्र बहादुर चन्द्रलाई गरेको अभिनन्द कार्यक्रम छल्न खुस्बु ओलीलाई लिएर अध्यक्ष लिङ्देन लमजुङ गएको कुरा पार्टीभित्र भुसको आगोजस्तै भित्रभित्रै सल्किँदै गएको छ र १३ जना सांसद रहेको राप्रपामा लिङ्देनको पक्षमा चारजना मात्र बाँकी रहेको आन्तरिक प्रचार हुन थालेको छ ।