काठमाडौं । प्रहरीको घेरा तोड्दै प्रदर्शनमा उत्रिएका जेनजीहरूले संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । संसद् भवनभित्र उनीहरूले गेटबाट माथि चढेर संसद् प्रवेश गरेका हुन् । स्थिति नियन्त्रण गर्नका लागि अहिले प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ ।