काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट करसहित छ दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिको बैठकले गरेको यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयमा आउने बैंकले जानकारी दिएको छ ।