काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर बिक्रीको आह्वान गरेको छ । बैंकले यही असोज २ गतेबाट हाल कायम चुक्ता पुँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बैंकले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सोअनुसार बैंकले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २६ करोड २४ लाख ६७ हजार छ सय रुपैयाँ बराबरको प्रतिसेयर २६ लाख २४ हजार छ सय ७६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
हकप्रद सेयरको लागि बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार छ सय रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार दुई सय रुपैयाँ पुग्नेछ । बैंकका अनुसार हकप्रद सेयरको बिक्री कार्य यही भदौ २२ गते बन्द हुनेछ ।