काठमाडौं । नेपाल धितोपत्र बोर्डले एसवाई प्यानलाई साधारण सेयर (आईपीओ) जारी गर्नको लागि अनुमति दिएको छ । बोर्डका अनुसार कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ५२ करोड ३२ लाख रुपैयाँ बराबरको ५२ लाख ३२ हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिइएको हो ।
कम्पनीको हाल एक अर्ब ३० करोड चुक्ता पुँजी रहेकोमा ४० प्रतिशत प्रतिशत साधारण सेयर जारी गर्न अनुमति पाएको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ६३ करोड रुपैयाँ सञ्चालन आम्दानी कमाएको छ । कम्पनीले यूपीभीसी झ्याल, ढोकालगायतका सामाग्री उत्पादन गर्दै आएको छ । रत्ननगर चितवनमा कारखाना रहेको कम्पनीको मुलुकभर ६२ वटाभन्दा धेरै डिलर छ । दक्षिण कोरियामा रहेको एसवाईको यो कम्पनीमा ६३ प्रतिशत संस्थापक सेयर लगानी रहेको छ ।