काठमाडौं । सनराइज होल्डिंग्स लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीको साधारण सेयर जारी गर्नै प्रस्तावसहित असोज १२ गते साधारणसभा बोलाएको छ ।

कम्पनीका अनुसार उक्त सभामा आर्थिक वर्ष २०८१–८२को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरू सभामा रहेको जानकारी पनि कम्पनीले दिएको छ ।