काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनमा फोटो खिच्ने क्रममा पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की प्रहरीले चलाएको रबरको गोली लागेर घाइते भएका छन् । नेपाल प्रेसमा कार्यरत कार्की र नयाँ पत्रिकामा कार्यरत ढुंगाना प्रहरीले चलाएको रबरको गोली लागेर घाइते भएका हुन् । सिभिल अस्पतालमा अहिले उनीहरुलाई उपचारका लागि लगिएको छ ।