काठमाडौं । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ ।
यस क्याम्पेनमा कम्पनीले जीवनमा हुने एक एक सेकेन्ड समयको महत्वलाई दर्साउन दुई साथीबीच एकजना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगिसकेको र अर्को एकजना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारित समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई समयसँग जोडेर ‘समयको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश देखाइएको छ ।
यसअघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सामाजिक सन्देशमूलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । त्यस्तै, दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजेको छ । उक्त सामाजिक सन्देशमूलक विज्ञापन दर्शकहरुले अत्यधिक रुचाएका थिए ।