कामाडौं । सोमबार भएको जेन जी युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको गोलिबाट बानेश्वर क्षेत्रमा मात्र १९ जनाको मृत्यु भएको छ र २१६ जना भन्दा धेरै घाइते भएका छन् । प्रहरीले रबरको गोलि प्रहार गरेको बताए पनी घाइते भएका अधिकाँश युवालाई शिसाको गोलि लागेको पाईएको छ । प्रहरीको गोलीबाट ट्रमासेन्टरमा ८ जना , एभरेस्ट अस्पतालमा ५ जना , सिभिल अस्पतालमा ३ जना , केएमसीमा २ जना र टिचिङमा १ जनाको समेत गरी १९ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।