काठमाडौँ । जेनजीहरूको सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्री लेखकले औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् भने कैयौं घाइते भएका छन्। घटनापछि आजै बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा मन्त्री लेखकले उक्त घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने निर्णय गरेको खुलाएका थिए। यसबीच, प्रदर्शनमा भएको ठूलो जनधनको क्षति र सुरक्षाकर्मीको भूमिकाबारे सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने तयारी गरेको स्रोतहरूले जनाएका छन्।