काठमाडौं । जेनजी आन्दोलनको क्रममा ललितपुरको हरिसिद्धीस्थित प्रहरी प्रभागमा आक्रोशित प्रदर्शनकारीले मंगलबार बिहान आगजनी गरेका छन् । सोमबारको भिडन्तमा १९ जनाको ज्यान गएपछि आन्दोलित युवाहरू बिहानैदेखि सडकमा उत्रिएका थिए ।जिल्ला प्रहरी कार्यालय ललितपुरका एक प्रहरी अधिकारीका अनुसार प्रदर्शनकारीको ठूलो समूहले प्रहरीको घेरा तोड्दै प्रहरी प्रभागको भवनमा आगजनी गरेको हो ।
घटनास्थलमा स्थिति नियन्त्रणमा लिन अतिरिक्त प्रहरी बल परिचालन गरिएको छ । आन्दोलनकारीहरूले प्रहरीको बल प्रयोग र सोमबारको घटनामा भएको मृत्युको विरोधमा आज देशभर प्रदर्शन गरिरहेका छन् । प्रहरीले घटनाबारे विस्तृत विवरण संकलन भइरहेको जनाएको छ भने स्थानीयबासीलाई शान्त रहन आग्रह गरेको छ।